टाइगर कप भलिवलः महिलातर्फ एपीएफर र न्यु डायमण्ड विजयी

माघ ११, २०७९ | काठमाडौं

पोखरामा जारी तेस्रो टाइगर कप अन्तर्राष्ट्रिय क्लब भलिवल च्याम्पियनसिपमा महिलातर्फ नेपाल एपीएफ क्लब र न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब विजयी भएका छन् ।

पोखरा रंगशालामा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराउँदै एपीएफ शीर्ष स्थानमा उक्लेको छ । एपीएफले आर्मीमाथि २५–१७, २२–२५, २५–१६ र २५–१५ को सेटमा जित निकाल्यो ।

महिलातर्फ कै अर्को खेलमा गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराउँदै न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले पहिलो जित हात पार्‍यो ।

गण्डकीले न्यु डायमण्डलाई १९–२५, २५–१५, २५–१४ र २५–११ को सेट सुम्पियो । तीन खेल खेलेको एपीएफको ९ अंक छ । समान खेल खेलेका आर्मी ६ र न्यु डायमण्ड ३ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

अंकबिहिन गण्डकी पुछारमा छ । महिलातर्फ च्याम्पियनसिपमा चार टोली सहभागी रहेकाले गण्डकीले पनि सेमिफाइनल खेल्नेछ ।


प्रतिक्रिया