अष्ट्रेलियन ओपन टेनिस : राबाकिना र साबालेन्का फाइनलमा

माघ १३, २०७९

अष्ट्रेलियन ओपन टेनिसको महिला तर्फको फाइनलमा काजखस्तानकी इलिना राबाकिना र बेलारुसकी अरिना साबालेन्काले प्रतिस्पर्धा गर्ने भएका छन् । बेलारुसकी भिक्टोरिया अजारेन्कालाई ७–६, ७–४ र ६–३ को सेटमा हराउँदै राबाकिना फाइनलमा पुगेकी हुन् । सन् २०२२ को विम्बल्डन च्याम्पियन राबाकिना पहिलो पटक फ्रेन्च ओपनको फाइनल पुगेकी हुन् ।

बेलारुसकी अरिना साबालेन्काले पोल्याण्डकी माग्दा लिनेटलाई हराउँदै फाइनल पुगिन् । २४ वर्षिय साबालेन्सकाले लिनेट माथि ७–६, ६–२ को सेटमा जित हासिल गर्दै पहिलो पटक ग्राण्डश्लाम उपाधिको फाइनल पुगेकी हुन् । विश्व नम्बर ५ साबालेन्का सन २०२२ मा युएस ओपनको सेमिफाइनल सम्म पुगेकी थिईन ।

अष्ट्रेलियन ओपनकै पुरुष तर्फको सेमिफाइलमा ग्रिसका स्टेफनोस सितसिपास र रुसका क्यारेन खाचानोभबीच प्रतिस्पर्धा हुनेछ । दोश्रो सेमिफाइनलमा सर्बियाको नोभाक जोकोभिच र अमेरिकाका टमी पलबीच प्रतिस्पर्धा हुनेछ । 


प्रतिक्रिया