तिलोत्तमामा खुल्ला 'सी' लेबल ब्याडमिन्टन प्रतियोगिता हुने

माघ १३, २०७९ | तिलोत्तमा

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा तेस्रो खुल्ला ‘सी’ लेबल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । लियो क्लब अफ भलबारी सिटीले ‘सामाजिक कार्यका लागि खेल’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ । 

प्रतियोगिता तिलोत्तमा नगरपालिका–१६ स्थित मधवलिया ब्याडमिन्टन हलमा माघ २८ गते हुने क्लबका अध्यक्ष मधु भण्डारीले बताउनुभयो । प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, द्वितीयलाई २० हजार, तृतीयलाई १० हजार रुपैयाँ प्रदान गरिने कार्यक्रम संयोजक नितेश जयसवालले बताउनुभयो । 

त्यस्तै उत्कृष्ट खेलाडी र उदयमान खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ । आयोजकका अनुसार राष्ट्रिय वरियताक्रमका खेलाडी तथा क्षेत्रीय, जिल्लास्तरीय, नगरस्तरीय र ‘बी’ लेबलमा प्रथम, द्वितीय र तृतीयलाई प्रतियोगितामा समावेश गराइने छैन । क्वाटरफाइनलसम्म पुग्ने खेलाडीलाई विशेष सम्मान गरिने आयोजकले जनाएको छ । 


प्रतिक्रिया