टाईगर कप भलिबलः पुरुषतर्फ एपीएफ फाइनलमा

माघ १३, २०७९ | काठमाडौं
भागीय टोली एपीएफ पोखरामा आयोजित तेस्रो टाईगर कप क्लव अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइनलमा पुगेको छ ।
पहिलो सेमिफाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लवलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले फाइनलको यात्रा तय गरेको हो ।
एपीएफले पुलिसमाथि २५–१०, २५–२१ र २५–१८ को सेटमा जित निकाल्यो ।