टाईगर कप/पुरुषतर्फ एपीएफ र गण्डकी फाइनलमा

माघ १३, २०७९

विभागीय टोली नेपाल एपीएफ क्लब र गण्डकी प्रदेश पोखरामा जारी तेस्रो टाईगर कप क्लव अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइनलमा प्रवेश गरेका छन् । पोखरा रंगशालामा त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै गण्डकीले फाइनलमा स्थान पक्का गर्‍यो । 

आर्मीमाथि गण्डकीले २५–२३, २५–२३ र २५–१६ को सेटमा जित निकाल्यो । यसअघि, पहिलो सेमिफाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लवलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले फाइनल यात्रा तय गर्‍यो । पुलिसले एपीएफलाई २५–१०, २५–२१ र २५–१८ को सेट सुम्पियो । फाइनल खेल भोली हुनेछ । 


प्रतिक्रिया