अष्ट्रेलियन ओपन टेनिसको फाइनल आज

माघ १४, २०७९
सितसिपासले खचानोभ लाई ७–६, ६–४ , ६–७ र ६–३ को सेटमा हराए । यसअघि सन् २०२१ को फ्रेन्च ओपन टेनिसको फाइनलमा जोकोभिचसंगै उपाधि गुमाएका सितसिपास यसपटक भने पहिलो ग्राण्डश्लाम जित्ने योजनामा हुनेछन् ।
यद्यपी मेलबर्न पार्कमा सन २०१८ देखि पराजय नभोगेका जोकोभिचलाई हराउन सितसिपासलाई कठिन हुनेछ । यसैबीच, अष्ट्रेलियन ओपनको महिला तर्फको फाइनलमा आज एलेना रिबाकिना र आरिना साबालेन्काबीच प्रतिस्पर्धा हुनेछ ।