टाइगर कप भलिबलको महिला तर्फको उपाधि एपीएफलाई

माघ १४, २०७९ | काठमाडौं

टाइगर कप भलिबल प्रतियोगिताको तेस्रो संस्करणको उपाधि महिलातर्फ सशस्त्र प्रहरीको एपीएफले जितेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा आज भंएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले उपाधि उचालेको हो । पहिलो सेट २५–२० ले जितेको एपीएफले दोस्रो सेट २२–२५ ले आर्मीलाई सुम्पिएको थियो ।

त्यसपछि लगातार एपीएफले २५–८ र २५–२२ को सेटमा जित निकालेको थियो । आर्मी विरुद्धको खेलमा एपीएफकी सरस्वती चौधरी प्लेयर अफ द म्याच घोषित हुँदै ५ हजार रुपैयाँ प्राप्त गरिन् ।

आर्मीकी संगम महतो स्पाइकर अफ म्याच घोषित २ हजार रुपैयाँ प्राप्त गरिन् । विजेताले ५ लाख रुपैयाँ तथा उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 


प्रतिक्रिया