तेस्रो टाइगर कप भलिबलः पुरुषतर्फ गण्डकी विजयी

फाइल फोटो  

माघ १४, २०७९ | काठमाडौं

पोखरामा आयोजित तेस्रो टाइगर कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुष तर्फको उपाधि घरेलु टोली गण्डकी प्रदेशले जितेको छ ।

विभागीय टोली एपीएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्दै गण्डकी च्याम्पियन बनेको हो । अपराजित रहँदै फाइनल पुगेको एपीएफले पहिलो सेट २५–१६ ले जितेको थियो । 

दोस्रो सेट गण्डकी प्रदेशले २५–१८ तथा तेस्रो सेट २५–१९ ले जितेको थियो । चौंथो सेट एपीएफले २८–२६ ले जितेसँगै खेलको निर्णय पाँचौ सेटबाट लिईएको थियो । 

निर्णायक पाँचौ सेट गण्डकीले १५–८ ले जित्यो । विजेता गण्डकीले ५ तथा उपविजेता एपीएफले भने २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्‍यो । 

माघ ८ बाट पोखरामा सुरु प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको थियो । 


प्रतिक्रिया