राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा अनन्तराज थापा नियुक्त

माघ १५, २०७९ | काठमाडौं

नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा अनन्त राज थापा नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले भारतविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलकालागि थापालाई नियुक्त गरेको हो । एन्फाका महासचिव किरण राईले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थापालाई आज नियुक्ति पत्र हस्तान्तरण गरे ।

यस्तै, सहायक प्रशिक्षकमा गंगा गुरुङ, गोलकिपिङ प्रशिक्षकमा सुरजकुमार लामा तथा टिम म्यानेजरमा वृन्दा देवानलाई नियुक्त गरिएको छ । राष्ट्रिय महिला टोलीले भारतसँग आगामी फागुन १ देखि १३ गतेसम्म मैत्रीपूर्ण खेल खेल्दैछ ।


प्रतिक्रिया