एफए कप : लिभरपुल बाहिरियो

माघ १६, २०७९

साविक विजेता लिभरपुल एफए कप फुटबलको चौंथो चरणबाटै बाहिरिएको छ । गएराति भएको खेलमा ब्राइटनसँग २–१ गोल अन्तरले पराजित हुादै लिभरपुल बाहिरिएको हो । ब्राइटन भने पाँचौं चरणमा प्रवेश गरेको छ ।

सुरुआती अग्रता जोगाउन नसक्दा लिभरपुल एफए कपको चोथै चरणबाटै बाहिरिएको हो । खेलको ३० औं मिनेटमा हार्भे इलियटले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ३९ औं मिनेटमा लेविस डुन्कले गोल गर्दै ब्राइटनलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा कोरु मिटोमाले गोल गर्दै ब्राइटनलाई २–१ को जित दिलाए ।


प्रतिक्रिया