तेस्रो मिल्स गोल्डकप फुटवल शनिबारबाट

फाल्गुन २५, २०७९ | विराटनगर

तेस्रो मिल्स गोल्डकप फुटवल प्रतियोगिता शनिवारदेखि विराटनगर जुट मिलको खेल मैदानमा सुरु हुने भएको छ । मिल्स गोल्डकप फुटवल ट्रष्टले विहीवार पत्रकार सम्मेलन गरी प्रतियोगितामा मफसलका ए डिभिजनका ८ टिमको सहभागतिा रहने बताइएको छ ।

 विजयी टिमले २ लाख ११ हजार र उपविजेताले १ लाख ११ हजार पुरस्कार सहित ट्रफि पाउने आयोजकले जनाएको छ । ट्रष्टका अध्यक्ष किशोर वहादुर शाहीका अनुसार प्रतियोगिता आयोजना गर्न करिव २५ लाख खर्च हुने अनुमान गरिएको छ । 


प्रतिक्रिया