ललितपुर मेयर्स कपको उपाधि एपीएफलाई

चैत्र १६, २०७९ | काठमाडौं

काठमाडौंमा आयोजित ललितपुर मेयर्स कप महिला क्रिकेटको उपाधि विभागीय टोली एपीएफले जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कोशी प्रदेशलाई ५४ रनले पराजित गदै एपीएफले उपाधि हात परेको हो । कोशी प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको एपीएफले १ सय ५५ रनको विजयी लक्ष्य पेश गरेको थियो ।

जवाफि व्याटिङमा आएको कोशी प्रदेश निर्धारीत २० ओभरमा ६ विकेटको क्षतिमा १ सय रनमा समेटिएको थियो । उसका लागि कप्तान सीता रानामगरले ७९ रनको अर्धशतकिय इनिङ्स खेलिन् ।

यस्तै इन्दु वर्माले ५१ रनको जोडिन् । एपीएफले लगातार दोस्रो पटक यो प्रतियोगिताको उपाधि जितेको हो ।   


प्रतिक्रिया