गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणले छिट्टै गति लिन्छः प्रधानमन्त्री दाहाल

चैत्र १६, २०७९ | काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुर महानगरपालिकाको रामपुरमा निर्माणाधिन अवस्थामा अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कामले छिट्टै गति पाउने बताउनुभएको छ ।

रंगशाला बनाउन अगुवाइ गरेको धुर्मुस सुन्तली फाउण्डेसनले रकम अभावमा काम रोकिएको बताउँदै आएको छ । यसैसन्दर्भमा प्रधानमन्त्री दाहालले चितवनमा आज आयोजित कार्यक्रममा बोल्दै रंगशाला निमार्णको कामले छिट्टै गति पाउने बताउनुभएको हो ।

फाउण्डेसनका अध्यक्ष समेत रहेका कलाकार सिताराम कट््टेल धुर्मूसले केही दिनअघि सामाजिक सञ्जालमा एक भिडियोमार्फत् रंगशाला निमार्णमा ऋणका कारण काम गर्न कठिन भएको र सरकारले अपनत्व लिनुपर्ने धारणा रखेका थिए । विसं २०७५ माघ १६ मासो रंगशाला निमार्णको काम शुरु भएको थियो ।  


प्रतिक्रिया