प्रधानमन्त्री त्रिदेशीय कपको उपाधिकालागि नेपाल र लाओस खेल्दै

चैत्र १७, २०७९ | काठमाडौं

काठमाडौंमा जारी प्रधानमन्त्री त्रिदेशीय कपको फाइनलमा आज नेपालले लाओसविरुद्ध प्रतिस्पर्धा गर्दैछ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ । प्रतियोगिताको समुह चरणको शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुन लागेको हो । तीन टिम सम्मिलित प्रतियोगितामा नेपालले अपराजित रहँदै फाइनल यात्रा तय गरेको हो । 

लिग चरणका खेलमा नेपालले लाओसलाई २–० ले हराउँदा, भुटानसँग १–१ को बराबरी खेलेको थियो । लाओसले भने भुटानलाई २–१ ले पराजित गरेको थियो । प्रि–म्याच कन्फ्रेन्समा दुवै टिमका मुख्य प्रशिक्षकले आफ्नो टिमले राम्रो प्रदर्शन गर्ने दाबी गरेका छन् । 


प्रतिक्रिया