आईपीएल आजबाट शुरु हुँदै, उद्धघाटनमा गुजरात र चेन्नाई खेल्ने

चैत्र १७, २०७९ | काठमाडौं

इन्डियन प्रिमियर लिग आईपीएलको १६औं संस्करण आजदेखि सुरु हुँदैछ । 

उद्धघाटन खेलमा साविक विजेता गुजरात टाइटन्स र चेन्नाई सुपर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । गुजरातको घरेलु मैदान अहमेदावादस्थित नरेन्द्र मोदी स्टेडियमा हुने खेल नेपाली समयानुसार बेलुका पौने ८ बजे सुरु हुनेछ । 

गत सिजन डेब्युमै उपाधि जितेको गुजरात अलराउण्ड हार्दिक पाण्डेको कप्तानीमा मैदान उत्रनेछ भने चेन्नाईको कप्तानी महेन्द्र सिंह धोनीले गर्नेछन् । 

कोभिड महामारीका कारण पछिल्ला केही संस्करण प्रभावित बन्दा सीमित भेन्युमा खेलाइएको आईपीएलको नयाँ सिजन भने होम एण्ड अवे का आधारमा खेलाइने छ । १० टिम सहभागी लिगमा कूल ७४ खेल हुनेछन् । 


प्रतिक्रिया