प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि नेपाललाई

चैत्र १७, २०७९

लाओसलाई २–१ ले गोल अन्तरले पराजित गर्दै नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको सुरुवातमै १–० गोलले पछि परेको नेपालले उत्कृष्ट पुनरागमन गर्दै उपाधि जितेको हो । खेलको १७ औं मिनेटमा लाओसका विङ्गर साङिभलेले गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए । त्यस लगत्तै सात मिनेट नबित्दै आयुष घलानले नेपालका लागि बराबरी गोल फर्काए । 

खेल सकिन ३ मिनेट बाँकी रहँदा मनीष डाँगीले गरेको गोल नेपालका लागि निर्णायक बन्यो । पहिलो खेलमा लाओसलाई २–० ले पराजित गरेको नेपालले दोस्रो खेलमा भुटानसंग १–१ को बराबरी खेलेको थियो । दोस्रो खेलमा भुटानलाई २–१ ले हराउँदै भुटान फाइनल पुगेको थियो । उपाधिसंगै नेपालले पाँच हजार अमेरिकी डलर प्राप्त गरेको छ । यस्तै उपविजेता लाओसले तीन हजार अमेरिकी डलर प्राप्त गरेको छ । 


प्रतिक्रिया