खप्तड र जितपुर सिमरा गोल्डकप फाइनल आज

चैत्र १८, २०७९

सुदूरपश्चिम खप्तड गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा आज मनाङ मस्र्याङदी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ । धनगढी रंगशालामा हुने खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ । हिजो भएको प्रि म्याच कन्फ्रेन्समा दुबै टिमका कप्तानले छैटौं संस्करणको उपाधि आफूले जित्ने दाबी गरेका छन् । सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा चैत ९ गतेबाट सुरु भएको प्रतियोगिताको विजेताले उपाधि सहित २१ लाख तथा उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् ।

यसैबीच, जीतपुरसिमरा गोल्डकप फुटबलको उपाधिका लागि आज चर्च ब्वाइज युनाइटेड र हिमालयन शेर्पा क्लब भिड्दैछन् । खेल सिमरा रंगशालामा साँझ ६ बजे सुरु हुनेछ । अन्तिम भिडन्तमा दुबै टिम सिजनकै पहिलो उपाधि उचाल्ने दाउमा हुनेछन् । अपराजित रहेको चर्च ब्वाइजका प्रशिक्षक प्रदीप हुमागाईँले प्री म्याच कन्फरेन्समा बोल्दै पहिलो सहभागितामै उपाधी उचालेर इतिहास रच्ने योजना रहेको बताउँछन् । यता, फाइनल यात्रा तय गर्न १० वर्ष प्रतिक्षा गरेको हिमालयन शेर्पा दोस्रो पटक उपाधी उचाल्ने योजनामा छ । हिमालयन दोस्रो संस्करणको विजेता र चौथो संस्करणको उपविजेता टीम हो । हिमालयन शेर्पाका टिम मेनेजर विजेन्द्र पुडासैनीले उपाधिका लागि प्रतिस्पर्धा गर्न तयार रहेको बताए । १० टिमले सहभागी प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ नगद सहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।


प्रतिक्रिया