दुई देशीय टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट : नेपाली राष्ट्रिय महिला टोली विजयी

तस्बिर : सौजन्य क्यान  

जेष्ठ १६, २०८० | काठमाडौं

दुई देशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पहिलो जित हात पारेको छ । सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हरायो । यो सँगै नेपालले पाँच खेलको सिरिज १–१ को बराबरी गर्न सफल भएको छ । ९७ रनको लक्ष्य नेपालले १७ दशमलव ३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २९ रन जोडिन् । यस्तै, कविता कुँवर २६, सिता रानामगर २३, विन्दु रावल १७ र सम्झना कुमारी खड्का २ रनमा आउट भए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै ९६ रन बनाएको थियो ।

नेपालकी कप्तान रुविना क्षेत्रीले २ तथा इन्दु बर्मा र कविता कुँवरले समान एक/एक विकेट लिए । सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको थियो । नेपालले अब तेस्रो खेल जेठ १८ मा खेल्दा, जेठ २० मा चौथो र अन्तिम खेल जेठ २१ मा खेल्ने तालिका छ । 


प्रतिक्रिया