अफिजको हृयाट्रिकमा सातदोबाटोविरुद्ध मच्छिन्द्रको जित

जेष्ठ १७, २०८० | काठमाडौं

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबलाई हराउँदै मच्छिन्द्र फुटबल क्लबले उपाधि दाबेदारी कायम राखेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा अफिज ओलावालेको हृयाट्रिकसँगै मच्छिन्द्रले सातदोबाटो युथ क्लबलाई ३–१ गोल अन्तरमा पराजित गरेको हो । सातदोबाटोका लागि जोर्डन पुन मगरले एक गोल फर्काए पनि पर्याप्त हुन सकेन ।

जितसंगै दोस्रो स्थानमा रहेको मच्छिन्द्रले शीर्ष स्थानको चर्च ब्वाईजसँग २ अंकको मात्र दुरी बनाएको छ । चर्चको ४१ अंक हुँदा मच्छिन्द्रले ३९ अंक बनाएको छ ।

यसैबीच ललितपुरको च्यासल मैदानमा भएको अर्को खेलमा संकटा र थ्रीस्टार क्लबले गोलरहित बराबरी खेलेका छन् । बराबरीपछि एक/एक अंक बाँडेका यी दुवै टोलि रेलिगेशन जोन भन्दा माथि उक्लिएका छन् । समान २७ अंक सहित थ्रीस्टार ११ तथा संकटा १२ स्थानमा छन् ।  


प्रतिक्रिया