विम्बल्डन टेनिसः जोकोभिचलाई हराउँदै अल्कारेजलाई उपाधि

फोटो सौजन्यः विम्वल्डनको ट्वीटर ह्यान्डल 

श्रावण १, २०८० | एजेन्सी


विश्व नम्बर एक कार्लोस अल्कारेजले विम्बल्डन टेनिसको पुरुष एकल तर्फको उपाधि जितेका छन् । नोभाक जोकोभिचलाई फाइनलमा हराउंदै अल्कारेजले पहिलो पटक विम्बल्डन टेनिसको उपाधि जितेका हुन् । २० वर्षिय अल्कारेजले जोकोभिचमाथि १– ६, ७– ६, ६– १, ३– ६ र ६– ४ को सेटमा जित हात पारेका हुन् । ३६ वर्षीय लेजेण्ड जोकोभिच माथि जित हात पार्न अल्कारेजले कोर्टमा ४ घण्टा ४३ मिनेटको समय खर्चिएका थिए । २४ औं ग्राण्डश्लाम जित्ने जोकोभिचको प्रयास यस पटकको विम्बल्डनमा पुरा हुन सकेन । जोकोभिच ७ पटक विम्बल्डन च्याम्पियन हुन् । लगातार सन् २०१८ देखी २०२२ सम्मका सबै विम्बल्डनको उपाधि जितेका जोकोभिचको ५ औंका लागी फाइनलमा प्रतिस्पर्धा गरेका थिए ।


प्रतिक्रिया