मेसीको क्लव यूएस ओपन कपको फाइनलमा

भाद्र ७, २०८०



लिओनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मायमी यूएस ओपन कपको फाइनलमा प्रवेश गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलको टाइब्रेकरमा मायमीले सिन्सिनाटीलाई उसकै घरेलु मैदानमा ५–४ गोल अन्तरले पराजित गरेको हो । निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएपछि ३० मिनेट समय थप गरिएको थियो । मायमीले दोस्रो हाफको इन्ज्युरी समयको आठौं मिनेटमा बराबरी गोल फर्काउदै हार टारेको थियो । त्यसपछि थप गरिएको समयमा मायमीले अग्रता लिएपनि सिन्सिनाटीले गोल फर्काएको थियो । टाइब्रेकरमा दुवै टोलीको सुरुवाती ४–४ प्रहारमा गोल भएको थियो । मायमीका लागि क्रेमास्कीले गोल गर्दै ५–४ को जित दिलाए ।

अमेरिकाका ९९ क्लब सहभागी भएको प्रतियोगितामा मेस्सी आउनुअघि नै मायमी भने सेमिफाइनलसम्म पुगेको थियो । यसै साता लिग्स कप जितेको मायमीले यूएस ओपन कप सेमिफाइनलमामा भने निकै संघर्ष गर्नुपर्यो । अब उपाधि भिडन्तमा हृयुस्टन डाइनामो र रियल साल्ट लेकबीच दोस्रो सेमिफाइनलको विजेतासाग प्रतिस्पर्धा हुनेछ । फाइनल खेल सेप्टेम्बर २७ मा हुनेछ ।


प्रतिक्रिया