पाकिस्तानले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्दै
भाद्र १३, २०८०
पाकिस्तानले एसिया कप क्रिकेटमा नेपालविरुद्ध अहिले ब्याटिङ गरीरहेको छ । कप्तान बाबार आजमले टस जितेपछि घरेलु टोली पाकिस्तानले मुल्तान क्रिकेट रंगशालामा नेपाललाई फिल्डिङका लागि बोलाएको हो । प्रतियोगितामा सुरुवाती खेल भएकाले आफूहरुले ब्याटिङ गर्न खोजेको आजमले बताए ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पछिल्लो र्याङ्किङमा पाकिस्तान विश्व नम्बर एक टोली हो भने नेपाल १५ औं स्थानमा छ । पाकिस्तानले अघिल्लो दिन नै आˆनो प्लेयिङ ११ को घोषणा गरेको थियो । पाकिस्तानको पूर्ण टोली रहेको छ । बाबर आजमको कप्तानीमा रहने पाकिस्तानी टोलीमा इमाम उल हक, फखर जमान, मोहम्मद रिजवान, सलमान अली अगा, इफ्तिखार अहमद, नसिम शाह, सहिद शाह अफ्रिदी र हरिस राउत छन् ।
श्रीलंकामा अफगानिस्तानविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा खेलेको टोलीबाट पाकिस्तानले नसिम शाह, हरिस राउत, साउद शकिल, मोहम्मद वासिम जुनियर र फहिम असरफलाई बाहिर राखेको छ ।
नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, कुशल मल्ल, दीपेन्ऽसिंह ऐरी, गुल्शन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् ।
एसिया कप क्रिकेटमा नेपालको यो पहिलो खेल हो । अप्रिलमा काठमाडौंमा भएका एसीसी प्रिमियर कप जितेर नेपाल पहिलो पटक एसिया कपका लागि छनोट भएको थियो । नेपालले टेस्ट राष्ट्रविरुद्ध चौथो पटक खेल्न लागेको हो । जुनमा भएको विश्वकप छनोटमा नेपालले जिम्बावे, वेस्ट इन्डिज र आयरल्यान्डविरुद्ध खेलेको थियो ।