नेपालगञ्ज म्याराथनको नवौं संस्करण आगामी मंसिर ९ गते

फाइल तस्बिर  

भाद्र १५, २०८० | काठमाडौं

धारा नेपालगञ्ज म्याराथनको नवौं संस्करण आगामी मंसिर ९ गते हुने भएको छ । क्रियटिभ हृयान्ड्सले हरेक वर्ष मंसिरको पहिलो शनिबार आयोजना गर्दै आएपनि यस पटक मंसिर दोस्रो साता हुने जनाएको छ । 

म्याराथनमा सहभागीताका लागि यहि भदौ १ गतेदेखि खेलाडी दर्ता खुला भइसकेको छ । साथै, नेपालगञ्ज म्याराथनको वेबसाइटमा गएर पनि फर्म दर्ता गर्न सकिने आयोजकले जनाएको छ । यस पटक चार विधा थप गरी १४ वटा विधामा स्पर्धा हुनेछन् ।

प्रतियोगितामा महिला–पुरुष म्याराथन, पुरुष–महिला खुल्ला, स्कूलस्तरीय छात्र–छात्रा, किड्स रन, कर्पोरेट रन, ट्राइसाइकल र वाकाथन समावेश छन् । 

म्याराथन नेपालगञ्ज उपमहानगरपालिकाको गेटबाट सुरु भई कोहलपुर नगरपालिकादेखि चार किलोमिटर उत्तर बानियाभार पुगेर सोही रुट भइ सुरुवाती बिन्दुमा पुगी सकिने छ । यस वर्ष केही विधामा नगद पुरस्कारमा वृद्धि गरिने र केही सरप्राइज प्याकेज पनि घोषणा गरिने आयोजकले जनाएको छ ।


प्रतिक्रिया