राष्ट्रिय महिला फुटबल टीम चीन गयो

आश्विन १, २०८० | काठमाडौं

नेपाली राष्ट्रिय महिला फुटबल टिम १९ औं एसियाली खेलकुद प्रतियोगितामा भाग लिन चीन गएको छ । २२ खेलाडी सहित २६ सदस्यीय टोली आज त्यसतर्फ गएको हो । महिला फुटबल अन्तर्गतका खेलहरु असोज ५ देखि २१ गतेसम्म हुनेछन् ।

एसियन गेम्समा डेब्यु गर्न लागेको राष्ट्रिय महिला टिमको कप्तानी रेनुका नगरकोटीले सम्हाल्ने छिन् । नेपाल रहेको समूह डी मा जापान र भियतनाम र बंगलादेश छन् । प्रतियोगिता अन्तर्गतका खेल लिगका आधारमा खेलाईने छन् । नेपालले पहिलो खेल भियतनामसँग आगामी शुक्रबार खेल्दा, जापानसँग असोज ८ गते र बंगलादेशसँग असोज ११ मा खेल्ने तालिका छ ।


प्रतिक्रिया