क्यानले नयां नेतृत्व पाउंदै

रेडियो कान्तिपुर संवाददाता

आश्विन ६, २०८०

नेपाल क्रिकेट संघ क्यानको नयां नेतृत्व चयनका लागि आज निर्वाचन हुंदैछ । निर्वाचन समितिका अनुसार नयां नेतृत्व चयनका लागि मतदान प्रक्रिया दिउंसो साढे ३ बजेपछि सुरु हुनेछ । क्यानको नयाा नेतृत्वका लागि वर्तमान अध्यक्ष चतुरबहादुर चन्द र बर्दिया जिल्ला क्रिकेट संघका अध्यक्ष विनयराज भण्डारीबीच प्रतिस्पर्धा हुनेछ । 

भण्डारीको प्यानलबाट पूर्वकार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले सचिव पदमा उम्मेदवारी दिने भएका छन् । चन्दको प्यानलमा नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सचिव पदमा उम्मेदवारी दिएका छन् । अहिले उम्मेदवारको मनोनयन दर्ता भईरहेको क्यानका कार्यबाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए । निर्वाचनमा कुल ८५ जनाले मतदान गर्नेछन् । 


प्रतिक्रिया