यू–१९ साफ च्याम्पीयनसिप फुटबलः पाकिस्तान सेमिफाइनलमा, बंगलादेश बाहिरियो

आश्विन ६, २०८० | काठमाडौं

काठमाडौंमा जारी साफ यू–१९ साफ च्याम्पीयनसिप फुटबलमा पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा माल्दिभससँग एक–एक गोलको बराबरी गर्दै पाकिस्तान सेमिफाइनलमा पुगेको हो । पाकिस्तानले यसअघि नेपाललाई १–० गोल अन्तरले हराएको थियो ।

 पर्सि सोमबार हुने समूह चरणको अन्तिम खेलमा नेपाललाई सेमिफाइनलमा स्थान बनाउन माल्दिभ्स विरुद्ध जित निकाल्नु पर्नेछ भने माल्दिभ्सलाई बारबरी गरे पनि पर्याप्त हुनेछ ।

यसैबीच, आज भएको अर्को खेलमा भुटानले बंगलादेशलाई ४–३ गोल अन्तरले पराजित गरेको छ । पराजित बंगलादेश जारी प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि भएको पहिलो खेलमा भारतसँग बंगलादेश ३–० गोल अन्तरले स्तब्ध भएको थियो । 


प्रतिक्रिया