एसियाडमा तेक्वान्दोतर्फ नेपालले गुमायो पहिलो पदक पाउने अवसर

आश्विन ७, २०८० | काठमाडौंं

तेक्वान्दोका प्रेमबहादुर लिम्बुले १९ औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक दिलाउन अवसर गुमाएका छन् ।

आज भएको क्वाटरफाइनलमा फिलिपिन्सका प्याट्रिक किङ्ग पेरेजसँग पराजित भएपछि लिम्वु पदक जित्नबाट चुकेका हुन् । सेमिफाइनल पुगेको भए उनले कम्तिमा कास्य पदक जित्ने मौका थियो ।

लिम्वुले अन्तिम १६ को प्रतिस्पर्धामा पाकिस्तानका अब्दुल उल्लाह कादिरलाई पराजित गरेका थिए । यसैबीच, तेक्वान्दोको महिला पुम्सेतर्फ अन्तिम १६ को प्रतिस्पर्धामा नेपालकी स्वस्तिका तामाङ सिंगापुरकी खेलाडीसँग पराजित भइन् ।

तेक्वान्दोमा भोलि नेपालकी अन्जली तामाङले महिला ४९ केजी तौल समूह र राहुल कुमालले पुरुष ५८ केजीमा प्रतिस्पर्धा गर्नेछन् । 


प्रतिक्रिया