राष्ट्रिय क्रिकेट टोली एसियन गेम्सका लागि चीन प्रस्थान

आश्विन ७, २०८० | काठमाडौंं

नेपाली राष्ट्रिय क्रिकेट टोली एसियन गेम्समा भाग लिन चीन गएको छ ।

सहभागीताका लागि २२ सदस्यीय टोली आज त्यसतर्फ गएको हो । नेपालले यसअघि एसिया कप खेलेको टिममा केही परिवर्तन गरी एसियन गेम्सका लागि नयाँ टोली पठाएको छ ।

विनोद भण्डारी, विवेककुमार यादव र अविनाश बोहराले टिममा पुनरागमन गर्दा, ललित राजबंशीको स्थानमा सागर ढकाललाई मौका दिएको छ । अभ्यासका क्रममा चोट लागेपछि ललितले एसियाड गुमाएका छन् ।

एसियन गेम्समा क्रिकेट अन्तर्गतका खेलहरु आगामी असोज १० देखि २० गतेसम्म हुनेछन् । नेपालले समुह चरणको आफ्नो पहिलो खेल आगामी बुधबार मंगोलिया र असोज १४ मा माल्दिभ्ससँग खेल्ने तालिका छ । 


प्रतिक्रिया