फिफा विश्वकप–२०२६ छनोटमा नेपाल पराजित

मंसिर १, २०८० | काठमाडौं

फिफा विश्वकप–२०२६ छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स यूएईसँग पराजित भएको छ । गएराति दुबईको अल मक्तुम रंगशालामा भएको खेलमा नेपालले यूएईसँग ४–० गोलको फराकिलो अन्तरले हार बेहोरेको हो । 

यूएईका लागि कप्तान अलि मखबूटले दुई तथा खलिफा अल हम्मादी र फावियो लिमाले एक÷एक गोल गरेका थिए । यूएईले चारै गोल पहिलो हाफमा गरेको हो । दोस्रो हाफमा भने नेपालले यूएईलाई गोल गर्नबाट रोकेको थियो । 

पहिलो हाफमा यूएईले नेपाललाई पुरै दबाबमा राखेको थियो । अब नेपालले समूह एचको अर्को खेलमा मंसिर ५ गते घरेलु मैदानमा यमनसँग खेल्ने तालिका छ । विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत गएराति नै भएको अर्को खेलमा बहराइनले यमनलाई २–० गोलले पराजित गरेको थियो ।


प्रतिक्रिया