एटीपी टेनिसको उपाधि नोभाक जोकोभिचलाई

मंसिर ४, २०८० | काठमाडौं
नोभाक जोकोभिचले कीर्तिमानी सातौँ पटक एटीपी टेनिसको उपाधि जितेका छन् । यान्निक सिनरलाई सोझो सेटमा हराउँदै जोकोभिच विजयी भएका हुन् ।
टुरिनमा गएराति सम्पन्न खेलमा उनले स्थानीय खेलाडी सिनरलाई ६–३ र ६–३ को सोझो सेटको जित दर्ता गरे ।
जोकोभिच सातौं पटक एटीपी फाइनल्सको उपाधि जित्ने कीर्तिमानी खेलाडी बनेका छन् । रोजर फेडेररको छ पटकको उपाधि रेकर्डलाई पछि पार्दै जोकोभिचले नयाँ कीर्तिमान खडा गरेका हुन् ।