नेपाल र यमनबीच हुने फुटबल खेलको तयारी पूरा

मंसिर ४, २०८० | काठमाडौं

फिफा विश्वकप फुटबल छनोट अन्तर्गत नेपाल र यमनबीच हुने पहिलो लेगको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल संघले जनाएको छ ।

 दशरथ रंगशालालमा भोलि हुने खेलको सम्पूर्ण तयारी पूरा भएको एन्फाले विज्ञप्ति मार्फत जनाएको हो । 

फिफा वरियतामा १ सय ५६ औ स्थानमा रहेको यमनसँग १ सय ७३ औं स्थानमा रहेको नेपालले खेल्न लागेको हो । 

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसको मुख्य प्रशिक्षणमा नेपाली टोली हाल बन्द प्रशिक्षणमा छन् । त्यस्तै खेलको लागि यमनको राष्ट्रिय टोली नेपाल आइसकेको छ ।  


प्रतिक्रिया