एनएसएलमा आज चितवन एफसी र काठमाडौं रेजर्स भिड्ने

मंसिर १२, २०८० | काठमाडौं

काठमाडौंमा जारी नेपाल सुपर लिग फुटबलमा आज चितवन फुटबल क्लब र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुदैछ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ । साविक विजेता काठमाडौंले पहिलो खेलमा स्पोर्टिङ इलाम फुटबल क्लबलाई हराउएको थियो । चितवनले भने पहिलो खेलमा पोखरा थन्डर्ससँग पराजित भएको थियो । घरेलु फुटबलका सर्वाधिक सफल प्रशिक्षक बालगोपाल महर्जन नेतृत्वको काठमाडौं दोस्रो संस्करणमा समेत बलियो देखिएको छ । 

पहिलो खेलमा इलामलाई हराएर काठमाडौंले आफुलाई अब्बल साबित गरिसकेको छ । चितवनले टिम अनुसारको प्रर्दशन पोखराविरुद्ध गर्न सकेन । घरेलु फुटबलका स्टार फुटबलर बिमल घर्तिमगर, नवयुग श्रेष्ठ, मार्की समेत रहेका कप्तान विशाल श्रेष्ठले स्वभाविक खेल प्रर्दशन गरेको खण्डमै पनि काठमाडौंलाई आजको खेलमा गाह्रो पर्न सक्छ । चितवनलाई भने पहिलो जित निकाल्ने दबाब छ । काठमाडौंसँग ३ अंक छ । चितवन अंक विहीन छ ।


प्रतिक्रिया