मधेश प्रदेश केपी ओली कप क्रिकेटको सेमिफाइनलमा प्रवेश

मंसिर १२, २०८० | काठमाडौं

मधेश प्रदेश केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा सुदूरपश्चिम प्रदेशले विभागीय टिम नेपाल पुलिस क्लबलाई ४ विकेटले हराएसँगै मधेश नेट–रनरेटमा अघि रहँदै समुह सी को विजेताका रुपमा सेमिफाइनल पुगेको हो । यसअघि समुह ए बाट बाग्मती प्रदेश र समुह बी बाट नेपाल एपीएफ क्लब सेमिफाइनल पुगिसकेका छन् । अब समुह डी बाट सेमिफाइनल पुग्ने टिमको टुङ्गो लाग्न बाँकी छ । 

पोखरा रंगशालामा १ सय ५९ रनको लक्ष्य सुदूरपश्चिमले १८ ओभर ४ बलमा ६ विकेट गुमाउँदै पूरा ग¥यो । सुदुरपश्चिमका किरण ठगुन्नाले ५१ रनको अर्धशतकिय इनिङ्स खेले । पुलिसका राशिद खानले ३ तथा सुनिल धमाला र सागर ढकालले समान १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो । पुलिसका ओपनर कुशल भुर्तेलले सर्वाधिक ६७ रन जोडेपनि जितका लागि पर्याप्त भएन ।

यसैबीच, अर्को खेलमा अहिले सुमह डी का कोशी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा भइरहेको छ ।


प्रतिक्रिया