नेपाल सुपर लिग फुटबलमा आज पोखरा थन्डर्स र ललितपुर सिटी खेल्दै

मंसिर १३, २०८० | काठमाडौं

नेपाल सुपर लिग फुटबलमा आज पोखरा थन्डर्स र ललितपुर सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

दुई टोलीबीचको प्रतिस्पर्धा साँझ साढे ५ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । पोखरा आजको खेलमा दोस्रो जितको खोजीमा हुनेछ । ललितपुर पनि पहिलो खेलमा जित हासिल गर्दै गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ ।

यसअघि लिगमा हिजो भएको खेलमा काठमाण्डौं रेजर्स र चितवन फुटबल क्लबबीच बराबरी भएको थियो । अन्तिम समयमा बराबरी गर्दै काठमाडौं रेजर्सले चितवनविरुद्ध एक अंक हासिल गरेको हो ।  


प्रतिक्रिया