केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेटको सेमिफाइनल भोलि हुने

मंसिर १३, २०८० | काठमाडौं

केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले मदन भण्डारी स्पोट्र्स एकेडेमी निलोलाई ९ विकेटले हराएकोे छ ।

 पोखरा रंगशालामा ६८ रनको लक्ष्य कोशीले ७ ओभर ४ बलमा १ विकेट गुमाउँदै पूरा ग¥यो । उसका लागि सोनु अन्सारी ३५ रन जोड्दै नटआउट रहे । 

त्यसअघि कोशीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङमा आएको मदन भण्डारी स्पोट्र्स एकेडेमीले निर्धारित ओभरमा अलआउट हुँदै ६७ रन बनाएको थियो । समुह डी मा रहेका दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

 यस समुहबाट विभागीय टिम त्रिभुवन आर्मी क्लब सेमिफाइनल पुगिसकेको छ । सेमिफाइनलका खेलहरु भोली हुनेछन् । पहिलो सेमिफाइनलमा आर्मी र बाग्मती प्रदेश तथा दोस्रो सेमिफाइनलमा नेपाल एपीएफ क्लब र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल पर्सि शुक्रबार हुनेछ । 


प्रतिक्रिया