नेपाल सुपर लिगः लितपुर सिटी र पोखरा थन्डर्सको गोलरहित बराबरी

मंसिर १३, २०८० | काठमाडौं

नेपाल सुपर लिग फुटबल अन्तर्गत आज भएको खेलमा ललितपुर सिटी एफसी र पोखरा थन्डर्सले गोलरहित बराबरी खेलेका छन् । 

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा गोलरहित बराबरी भएपनि दुबै टोलिले एक÷एक अंक बाँडेका छन् ।

 खेल अवधिभर दुबै टिमले गोल गर्ने अवसर बनाए पनि नतिजा भने आउन सकेन । दुबै टिमले लिग तालिकामा २ खेलबाट ४ अंक जोडेका छन् ।

 यसअघि ललीतपुरले अघिल्लो खेलमा बुटवल–लुम्बिनी फुटबल क्लबलाई पराजित गर्दा, पोखराले चितवन फुटबल क्लबलाई हराएको थियो ।    


प्रतिक्रिया