आर्मी केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेटको फाइनलमा

मंसिर १४, २०८० | काठमाडौं

विभागीय टिम त्रिभुवन आर्मी क्लब केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा आज भएको सेमिफाइनलमा बाग्मती प्रदेशलाई ४ विकेटले पराजित गर्दै आर्मीले उपाधि यात्रा तय गरेको हो । १ सय २८ रनको लक्ष्य आर्मीले १५ ओभरमा ६ विकेट गुमाउँदै पूरा ग¥यो । 

आर्मीको जितमा भीम सार्कीले सर्वाधिक ३९ रन जोडे । बाग्मतीमा कप्तान सन्दिप लामिछानेले २ तथा प्रतिश जिसी, ईशान पाण्डे, सोनु देभकोटा र रित गौतमले समान एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बाग्मतीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो । बाग्मतीका लागि प्रतिक जीसीले ५० रनको अर्धशतकीय इनिङ्स खेलेपनि जितका लागि पर्याप्त भएन । आर्मीका शहाब आलमले ४ तथा सोमपाल कार्मीले २ विकेट लिए । विवके यादवको नाममा एक विकेट रह्यो ।

यसैबीच, आजै हुने दोस्रो सेमिफाइनलमा विभागीय टिम नेपाल एपीएफ क्लब र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल दिउँसो एक बजेपछि सुरु हुनेछ । एपीएफ समूह बी र मधेश समूह सीको विजेता बन्दै सेमिफाइनल पुगेको हो । 


प्रतिक्रिया