नेपाल सुपर लिग फुटबलमा आज धनगढी र बुटवल लुम्बिनी भिड्दै

मंसिर १४, २०८० | काठमाडौं

नेपाल सुपर लिग फुटबलमा आज धनगढी फुटबल क्लब र बुटवल लुम्बिनी फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ । धनगढी आजको खेलमा दोस्रो जितको खोजीमा हुनेछ । यसअघि भएको पहिलो खेलमा धनगढीले डेब्यु टिम वीरगञ्ज युनाइटेड फुटबल क्लबलाई २–१ गोलअन्तरले हराएको थियो । 

यता बुटवल लुम्बिनी भने पहिलो जित निकाल्ने योजनामा छ । बुटवल लुम्बिनी अघिल्लो खेलमा ललितपुर सीटी फुटबल क्लबसँग २–० गोलअन्तरले पराजित भएको थियो । लिग तालिकाको दोस्रो स्थानमा रहेको धनगढीको ३ अंक छ । अंकविहीन बुटवल लुम्बिनी पुछारमा छ ।


प्रतिक्रिया