टी–२० विश्वकप क्रिकेट खेल्ने सबै टिमको टुङ्गो लाग्यो

मंसिर १४, २०८० | काठमाडौं

आगामी जुन ४ देखी ३० सम्म अमेरिका र वेस्टइन्डिजमा संयुक्त रुपमा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुने २० टोलीको टुङ्गो लागेको छ । अफ्रिकाबाट नामिबिया र युगान्डा छनोट भएसँगै विश्वकप खेल्ने सबै टोलीको टुङ्गो लागेको हो । सो विश्वकपमा नेपालसँगै अमेरिका, वेस्टइन्डिज, अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, अफगानिस्तान, बंगलादेश, आयरल्यान्ड, स्कटल्यान्ड, पपुवा न्युगिनी, क्यानडा, ओमान, नामिबिया र युगान्डाले विश्वकप खेल्नेछन् ।

यसअघि टी–२० विश्वकपमा १६ टोलीले खेल्दै आए पनि यस पटक आईसीसीले चार टिम थप्दै सहभागी टोलीको संख्या २० पु¥याएको हो । आईसीसीले अब सहभागी टिमलाई चार समुहमा विभाजन गर्नेछ । समूहका प्रत्येक टिमले चार खेल खेल्न पाउनेछन् । जसबाट शीर्ष दुई टिम सुपर ८ मा पुग्नेछन् । सुपर ८ मा दुई समूहमा विभाजन गरि खेलाइनेछ । शीर्ष दुई÷दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।


प्रतिक्रिया