नेपाल सुपर लिगः रोमाञ्चक जितसहित धनगढी शीर्ष स्थानमा

मंसिर १४, २०८० | काठमाडौं

नेपाल सुपर लिग फुटबलमा धनगढी फुटबल क्लबले अन्तिम समयमा रोमाञ्चक जित निकालेको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बुटवल लुम्बिनी फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै धनगढीले रोमाञ्चक दोस्रो जित दर्ता गराएको हो ।

धनगढीको जितमा दोस्रो हाफको इन्जुरी समयमा अफिज ओलावालेले गरेको गोल नै निर्णायक बन्यो ।

आजको जितसँगै धनगढी २ खेलबाट ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । पराजित भएको लुम्बिनी २ खेलमा पराजित हुँदा अंकविहीन हुँदै अन्तिम स्थानमा छ । 


प्रतिक्रिया