एनएसएलमा आज स्पोटिङ्ग इलाम र बुटवल लुम्बिनी एफसी भिड्दै

मंसिर १७, २०८० | काठमाडौं

नेपाल सुपर लिग फुटबलमा आज स्पोर्टिङ्ग इलाम एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दुई टोलीबीचको खेल साँझ साढे ५ बजे सुरु हुनेछ । स्पोर्टिङ्ग इलाम आजको खेलमा दोस्रो जितको खोजीमा हुनेछ । स्पोर्टिङ्ग इलाम यसअघि भएका दुई मध्ये एकमा विजयी हुँदा अर्को खेलमा पराजित भएको थियो ।

 यता बुटवल लुम्बिनी पनि पहिलो जितको खोजीमा मैदान उत्रने छ । यसअघिका दुबै खेलमा पराजित भएको बुटवल लुम्बिनी अंकविहीन हुँदै तालिकाको पुछारमा छ । दुई खेलबाट ३ अंक जोडेको इलाम लिग तालिकाको छैठौं स्थानमा छ । 


प्रतिक्रिया