नेपाल सुपर लिग फुटबलमा बुटवलको पहिलो जित

मंसिर १७, २०८० | काठमाडौ

नेपाल सुपर लिग फुटबलमा एफसी बुटवल लुम्बिनीले पहिलो जित निकालेको छ ।

 काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा स्पोर्टिङ इलाम एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै बुटवलले पहिलो जित दर्ता गराएको हो । 

गोलरहीत बराबरीमा सकिएको खेलमा दूवै टोलीले दोस्रो हाफमा गोल गरेका हुन् । ४८ औं मिनेटमा बुटवलका लागि स्टेफन बियोङ ले गोल गर्दै अग्रता दिलाएका थिए । तर ७९ औं मिनेटमा इलामका लागि अब्दुलाये बालेले गोल गर्दै बरारबीको स्थितीमा फर्काएका थिए ।

 खेलको अन्तिम समयमा बुटबलका कप्तान एरिक विष्टले फ्रि–किक मार्फत उत्कृष्ट गोल गर्दै टोलीलाई पहिलो जित दिलाएका हुन् । 


प्रतिक्रिया