इङ्गलीस प्रिमियर लिगमा लिभरपुल विजयी

मंसिर १८, २०८० | काठमाडौं

इङ्गलीस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा लिभरपुल फुल्हयामविरुद्ध विजयी भएका छन् । म्यानचेष्टर सिटिले टटनह्याम सँग बराबरी गरेको छ । गएराती भएको खेलमा लिभरपुलले फुल्हयामलाई ४–३ गोल अन्तरले हराएको हो । खेलको २० औं मिनेटको उपहार गोलबाट खाता खोलेको लिभरपुलका लागी एलेक्सिस म्याक एलिस्टरले एक गोल गरे । वाटारु ईण्डो र ट्रेन्ट अलेक्जेण्डर आर्लाेण्डले खेलको अन्तिम मिनेटमा गोल गर्दे टोलीलाई रोमाञ्चक दिलाएका हुन् । जित सँगै लिभरपुल अंक तालिकाको दोश्रो स्थानमा उक्लिएको छ । उसको १४ खेलबाट ३१ अकं छ भने लिग लिडर आर्सनलको १४ खेलबाट ३३ अंक छ ।

गएरातीको खेलमा म्यानचेष्टर सिटि टटनह्याम सँग ३–३ को बराबरीको रोकिएको हो । बराबरी सँगै म्यान सिटि तालिकाको तेश्रो स्थानमा झरेको छ । उसको १४ खेलबाट ३० अंक छ । टटनह्यामबराबरीका बाबजुद ५ औं स्थानमा उक्लिएको छ । उसको समान खेलबाट २७ अंक छ । 


प्रतिक्रिया