नेपाल सुपर लिगमा आज झापा र काठमाडौं रेजर्स

मंसिर १८, २०८० | काठमाडौं

नेपाल सुपर लिग फुटबलमा आज झापा फुटबल क्लब र काठमाडौं रेजर्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुंदैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा खेलेका २ मध्ये १ मा जित र १ मा बराबरी गर्दै काठमाडौं ४ अंक सहित तालिकाको चौथो स्थानमा छ ।

झापा भने १ मा बराबरी र १ मा हार बेहोर्दै तालिकाको ८ औं स्थानमा छ । हिजो सम्पन्न खेलमा बुटवल लुम्बिनि एफसी विजयी भएको छ । तालिकाको ७ औं स्थानको बुटवल लुम्बिनिले स्र्पाेटींग इलामलाई २–१ गोल अन्तरले हराएको हो । इलाम तालिकाको छैठौं स्थानमा छ ।


प्रतिक्रिया