नेपाल सुपर लिग फुटबलः काठमाडौं र झापाबीच गोलरहित बराबरी

मंसिर १८, २०८० | काठमाडौं

नेपाल सुपर लिग फुटबलमा आज भएको खेलमा साविक विजेता काठमाडौं रेजर्स फुटबल क्लब र नवप्रवेशी टिम झापा फुटबल क्लबबीच गोल रहित बराबरी खेलेका छन् । 

 काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाए पनि त्यसको सदुपयोग गर्न भने सकेनन् । 

बराबरीसँगै दूवै टोलीलले एक एक अंक बाँडे । यो सँगै काठमाडौंले ३ खेलबाट ५ अंक बनाउँदा झापा एफसीले पनि समान खेलबाट २ अंक जोडेको छ । 

काठमाडौंले यसअघि खेलेका २ मध्ये एक खेलमा जित हात पार्दा, एकमा बराबरीको नतिजा ल्याएको थियो । झापाले भने खेलेका दुई मध्ये एकमा बराबरी खेल्दा, अर्को खेलमा हार व्यहोरेको थियो । 


प्रतिक्रिया