टोटेनहम एफए कपको चौथो चरणमा प्रवेश

पुस २१, २०८० | काठमाडौं

पेड्रो पोरोको उत्कृष्ट गोलको मद्दतले टोटेनहम ह्टस्परले बर्नलीलाई हराउँदै एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा टोटेनहमले पाहुना टोली बर्नलीलाई १–० गोल अन्तरले हराएको हो । 

पहिलो हाफको खेल गोल रहित बराबरीमा सकिएको थियो । क्लबका कप्तान सन ह्युङ–मिनबिना मैदान उत्रिएको टोटेनहमले ७८ औं मिनेटमा मात्र गोल गर्न सफल भयो । पोरोले ७८ औं मिनेटमा गरेको गोल टोटेनहमको जितमा निर्णायक बन्यो ।

तेस्रो चरणको अर्को खेलमा फुलह्यामले रोथर ह्याम युनाइटेडलाई पराजित गरेको छ । घरेलु मैदान क्रेभन कटेजमा भएको खेलमा फुलह्यामले पाहुना टोली रोथर ह्यामलाई १–० गोल अन्तरले हराएको हो । फुलह्यामको जितमा बबी डे कोर्डोभाले खेलको २४ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

एफए कपको अर्को खेलमा वुल्भ्सले प्रिमियर लिगका प्रतिद्वन्द्वी ब्रेन्टफोर्डसँग १–१ गोलको बराबरी खेलेको छ । नील माउपेले खेलको ४१ औं मिनेटमा गोल गर्दै ब्रेन्टफोर्डलार्ई १–० को अग्रता दिलाएका थिए । तर, खेलको ६४ औं मिनेटमा वुल्भ्सका लागि टमी डोयलले बराबरी गोल फर्काए । यी दुई टिमले चौथो चरण पुग्नेको निर्णयका लागि अब रि–म्याच खेल्नु पर्नेछ ।


प्रतिक्रिया