चौबिसे पुरुष/महिला फुटबल प्रतियोगिता अर्को साता

पुस २५, २०८० | धनकुटा
चौबिसे पुरुष तथा महिला रनिङ फुटबल प्रतियोगिताको ५ औं संस्करण अर्को साता सुरु हुनेछ । धनकुटामा आगामी सोमवारदेखि सञ्चालन हुने प्रतियोगितामा पुरुष र महिला दुवै तर्फ आठ÷आठ टिम सहभागी हुने चौबिसे खेलकुद बिकास समितिका संयोजक धनबहादुर लिम्बूले जानकारी दिनुभयो । प्रतियोगिता अन्तर्गत पुरुषको विजेताले ६५ हजार तथा उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने महिलातर्फको विजेता टिमले ३५ हजार तथा उपबिजेताले नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।