नवौं मणिमुकुन्द कप भलिबलमा एपीएफको विजयी सुरुवात

माघ २६, २०८० | तिलोत्तमा
नेपाल एपिएफ क्लबले रुपन्देहीमा सुरु भएको नवौं मणिमुकुन्द कप भलिबलमा विजयी सुरुवात गरेको छ ।
एपिएफले शुक्रबार लुम्बिनी प्रदेशलाई ३– २ को सेटमा हराउँदै विजयी सुरुवात गरेको हो । एपिएफले शुक्रबार लुम्बिनी प्रदेशलाई ३– २ ले हराएको हो । एपिएफले लुम्बिनीलाई २१–२५, २५–२०,२५–१९,२०–२५ र १५–१० ले पछि पारेको हो ।
पहिलो दिनको अन्य खेलमा बागमती प्रदेश र कोशी प्रदेश विजयी भएका छन् । बागमतीले कर्णाली प्रदेशलाई २२–२५, २५–१६, २५–१८ र २६–२४ ले हराउँदा दोस्रो खेलमा कोशीले मधेश प्रदेशलाई २६–२४, २५–१६ र २५–१३ को सोझो सेटमा पराजित गर्यो ।
प्रदेश खेलकुद परिषद, लुम्बिनीको मुख्य प्रायोजन, नेपाल भलिबल संघको संयोजन तथा मणिमुकुन्द भलिबल क्लब, रुपन्देहीको आयोजनामा सुरु राष्ट्रिय स्तरको प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली सहभागि छन् ।