अन्तर विद्यालय बुटवल मेयर कप फुटबलमा आज ८ खेल सम्पन्न

माघ २६, २०८० | तिलोत्तमा

बुटवल उपमहानगरपालिकाको आयोजनामा जारी अन्तर विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगितामा शुक्रबार ८ वटा खेल सम्पन्न भएका छन् ।

 शुक्रबार भएका खेलमा मणिमुकुन्द माविले नयाँ गाउँ माविलाई ट्राइबेकरमा ४–२ गोल अन्तरले हराएको छ । त्यस्तै नहरपुर मावि र प्रगति माविबीच भएको खेलमा प्रगति मावि ट्राइबेकरमा ३–१ अन्तरको जित दर्ता गराएको छ । 

देवीनगरस्थित खेल मैदानमा भएको स्कलर्स होम र सिद्धेश्वरी माविबीचको खेलमा स्कलर्सले २Ð० गोल अन्तरको जित निकाल्यो । यस्तै अक्सफोर्ड माविले नवरत्न माविलाई ५–० गोलको फराकिलो अन्तरले हरायो ।

शुक्रबार नै जवई खेलमैदानमा भएको खेलमा नवीन ओद्योगिक माविले अन्नपूर्ण माविलाई २–० गोल अन्तरले पराजित गर्यो । उजिरसिंह मावि र न्यूभिजन माविबीच भएको खेलमा न्यूभिजन मावि २–० गोलअन्तरले स्तब्ध भयो । 

ज्ञानोदय मावि र गार्गी माविबीच भएको खेलमा ज्ञानोदय ४–० गोल अन्तरले विजयी हुँदा कान्ति माविले जितेश्वरी माविलाई ४–० गोल अन्तरले नै हरायो । प्रतियोगितामा २० वर्ष ननाघेका विद्यार्थीमात्रै सहभागी छन् ।

 प्रतियोगितामा प्रथम हुनेले एक लाख, दोश्रो हुनेले ६० हजार, सेमीफाइनलमा पुग्ने २ वटा टीमलाई १८–१८ हजार रुपैयाँका दरले पुरस्कार, शिल्ड र पदक प्रदान गर्ने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले बताउनुभयो । 

 उहाँका प्रतियोगिताको उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र अधिकतम गोलकर्ताले ८–८ हजार रुपैयाँका हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् ।  


प्रतिक्रिया