लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा कायमै

फाल्गुन १०, २०८० | काठमाडौं

लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा चार अंकको अग्रता लिएको छ । 

घरेलु मैदान एनफिल्डमा गएराति भएको खेलमा पाहुना टोली लुटन टाउनलाई ४–१ गोल अन्तरले पराजित गर्दै लिभरपुलले शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको हो । 

पहिलो हाफमा एक गोलले पछाडि रहेको लिभरपुलले दोस्रो हाफमा पुनरागमन गर्दै चार गोल गरेको थियो । लुटनले खेलको १२ औं मिनेटमा चिडोज ओगबेनेको गोलबाट अग्रता लिएको थियो । 

दोस्रो हाफमा लिभरपुलका लागि भर्जिल भान डाइक, कोडी गाक्पो, लुइस डियाज र हार्भे इलियटले गोल गर्दै जित सुनिश्चित गरे ।

डाइकले ५६ औं मिनेटमा गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए । गाक्पोले ५८ औं मिनेटमा अर्को गोल थप्दै लिभरपुललाई २–१ को अग्रता दिलाए । 

७१ औं मिनेटमा डियाजले अर्को गोल गर्दै टोलीलाई ३–१ को अवस्थामा पुर्‍याए । खेलको ९० औं मिनेटमा इलियटले गोल गर्दै लिभरपुललाई ४–१ गोलको फराकिलो जित दिलाए ।

यो जितपछि शीर्ष स्थानको लिभरपुलको २६ खेलबाट ६० अंक भएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २५ खेलबाट ५६ र आर्सनल समान २५ खेलबाट ५५ अंक सहित तेस्रो स्थानमा छ । पराजित लुटन टाउन २० अंक सहित तालिकाको १८ औं स्थानमा छ । 


प्रतिक्रिया